ad ad

राजनीति


प्रतिनिधिसभाको आजको बैठकमा ८ जना मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको आजको बैठकमा ८ जना मन्त्रीले जवाफ दिने

नेपालखबर
असार ५, २०८१ बुधबार ७:२१, काठमाडौँ

प्रतिनिधिसभा बैठक आज (बुधबार) पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी नेमकिपाका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह र अर्का सांसद धु्रबबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत आज वन, शिक्षा, श्रम, सहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिकामन्त्रीले जबाफ दिने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

हेर्नुहाेस् आजकाे कार्यक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .