ad ad

राजनीति


संसद् सचिवालयका कर्मचारीले घेरे महासचिवको कार्यकक्ष

संसद् सचिवालयका कर्मचारीले घेरे महासचिवको कार्यकक्ष

नेपालखबर
असार ४, २०८१ मंगलबार १३:४१, काठमाडौँ

संघीय संसद् सचिवालयका कर्मचारीहरुले संसद्का महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरस्थित संसद्का महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसद्मा अतिरिक्त समयमा काम गरेवापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन्। 

कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर विरोध जनाएका थिए। 

संसद्मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरू थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन्।

संसद्् सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको सयमय कुर्ने र माग पूरा नगरे बुधबारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए। 

बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधानको सुनिश्चितता हुनुपर्ने माग गरे। उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि बताए। 

संसद् सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित आन्दोलनमा छन्।

सभामु्ख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूले सोमबार कर्मचारीहरूसँग छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .