ad ad

राजनीति


रघुवीर महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं नेपालको मन्त्री कि धनुषाको?

रघुवीर महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं नेपालको मन्त्री कि धनुषाको?

नेपालखबर
असार ४, २०८१ मंगलबार १३:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताएका हुन्। 

‘याद दिलाउन चाहान्छु, २०५६ सालमा कर्णालीका ५ जिल्ला एमालेका लालकिल्ला थियो। २०६४ सालमा माओवादीको किल्ला भएको कर्णाली जब राज्यसत्ताले कर्णालीले आज प्रचण्डलाई प्रचण्ड बनाएको हो। कर्णालीको गल्ली गल्लीमा जनताले रगत बगाएर आज माओवादीका साथीहरू यहाँ मन्त्री बन्नुभएको हो,’ सांसद शाहीले भने, तर आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा, केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन। कुनै दल रहेन। अब यही अवस्था यदि सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रीय दल बन्न सक्छ।’

उनले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो? भन्दै प्रश्न गरे।

‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो? म आज सभामुखलाई भन्न चाहान्छु, यो भाषा कर्णालीको हो। यो भाषा संसदमा नबोल्नुस्। संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईंहरूले आफ्नो भाषा निर्माण गर्नुस्। यो जुम्लाको सिँजा, कर्णालीबाट आएको भाषा हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .