ad ad

राजनीति


अमेरिकासँग साझेदारीका महत्वपूर्ण सबै पक्षमा छलफल भयोः मोदी

अमेरिकासँग साझेदारीका महत्वपूर्ण सबै पक्षमा छलफल भयोः मोदी

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १२:५३,

भारत भ्रमणमा रहेका ट्रम्पसँग मङ्गलबार हैदरावाद हाउसमा भएको भेटवार्ताका क्रममा रक्षा, सुरक्षालगायतका विषयमा पनि कुराकानी भएको मोदीले बताए।

‘आज हामीले अमेरिका र भारतकाबीचमा साझेदारी गर्न सकिने सबै महत्वपूर्ण पक्षमा छलफल गरेका छौँ’ मोदीले भने।

उनले रक्षा, सुरक्षा, उर्जा, रणनीतिक साझेदारीता, व्यापार, नागरिक नागरिक सम्वन्धलगायतका बारेमा पनि छलफल भएको जानकारी दिए।

अन्तरर्राष्ट्रिय चासो र स्वार्थ, एसिया प्यासेफिक स्ट्राटेजी, तेल र ग्यासलगायतका विषय पनि आपूmको छलफलका क्रममा उठेको मोदीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .