ad ad

कारोबार


रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनाः उडान सुरक्षाबारे जाँचबुझ आयोगका यस्ता सुझाव

रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनाः उडान सुरक्षाबारे जाँचबुझ आयोगका यस्ता सुझाव

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १२:५०,

२०७५ फागुन १५ गते ताप्लेजुङको सिस्नेभीरमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको दुर्घटनामा परी मृत्यु भएको घटनाबारे जाँचबुझ आयोगकाे अन्तिम प्रतिवेदन मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ।

यज्ञप्रसाद गौतमको संयोजकमा बनेको आयोगले स्थलगत अध्ययन, मौसमी अवस्थाको विश्लेषण, वायुयान तथा चालकको रेकर्ड जाँच, मनोवैज्ञानिक अध्ययनलगाएत विश्लेषण गरी अन्तिम प्रतिवेदन तयार पारेको हो।

असोज १० गते नै आयोगले अन्तिम मस्यौदा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीलाई प्रस्तुत गरी आईकाओको मापदण्डअनुसार सो मस्यौदा सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय लिएर पठाइएको थियो।

उक्त मुलुकबाट प्राप्त राय÷सुझाव समेतको आधारमा अन्तिम मस्यौदा प्रतिवेदन अन्तिम रुप दिई सार्वजनिक गरिएको आयोगका सदस्य सचिव तथा मन्त्रालयका सह–सचिव बुद्धि सागर लामिछाने जानकारी दिए।

के छ प्रतिवेदनमा ?
उडान पूर्वभीआईपी उडानको लागि कुनै पनि दिशानिर्देश (गाइडलाइन) नभएको उल्लेख गरेको छ । सबै भीआईपीले संथागत वा व्यक्तिगत यात्रा गर्दा सर्वसाधारणले जस्तै यात्रा गर्ने गरेका छन्। आयोगले रिपोर्टमा उडानको विषयमा सम्पूर्ण जानकारी एयरपोर्टलाई नगरिएको उल्लेख गरेको छ।

मन्त्रीसहितको गएको टोलीले हेलिकप्टर पाँचथरसम्म उडाउने जानकारी गराएका थिए। तर जहाज लगेर टोली पाथीभरा पुग्यो। त्यो पूर्वतयारी र कसैसँग सम्पर्कविनाको उडान थियो।

आयोगले दुर्घटना हुनुको मुख्य कारणलाई ६ वटा कुराले प्रभाव पारेको उल्लेख गरिएको छ। जसमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढी लोड (भार) र बिग्रिँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्तामा भएको उल्लेख गरिएको छ।

विन्डसिल्डको बाहिरी भागमा हिउँ जमेका कारण भिजिबिलिटी कम हुनु, हेलिकप्टर उडानमा पर्याप्त निगरानीको नहुनु र उडानपूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दुर्घटना निम्त्याउने सहयोग गर्ने कारण बताइएको छ ।

दुर्घटनाको संभावित मुख्य कारणमा प्रतिकुल मौसममा पाइलटको उत्साहलाई मानेको छ ।

उडान सुरक्षाको लागि सुझाव
आयोगले दुर्घटनामा परेको एयर डाइनेस्टीसहित सबै हेलिकप्टर सञ्चालकलाई ८ बुँदे सुझाव पेश गरेको छ। नागरिक उड्डयन प्राधिकरणलाई ६ र मन्त्रालयलाई १ सुझाव दिएको छ। आयोगले मन्त्रालयलाई भीआईपी उडानको लागि छुट्टै गाइडलाइन बनाउनुपर्ने सुझाव दिएको छ।

त्यस्तै प्राधिकरणलाई नक्कली निरिक्षण रोक्ने, ‘एपारियो भिजन १०००’मा समिक्षा गर्नुपर्ने, एएस३५० का हेलिकप्टर सिरिजमा अगाडीको सिटमा १ जनाभन्दा बढी यात्रु राख्न नपाउने, मौसम सम्बन्धी विषयमा सबै पाइलटलाई तालिम दिन सुझाव दिएको छ।

हेलिकप्टरहरुलाई प्रभावकारी परिचालित कन्ट्रोल, नयाँ टेक्नोलोजीको विषयमा क्रु म्येम्बरलाई तालिम, अपरेटरले निर्धारित गरेअनुसार ‘भीएफआर’ उडानको प्रावधानको पालना सुनिश्चित, उडानपूर्व मौसम सम्बन्धी पूर्ण जानकारी राख्नु पर्ने, हवाई सञ्चालकले उडान योजना मुताविक मात्रै उडान सुनिश्चित गर्नुपर्न, उडान पूर्व यात्रु र सामानको पूर्ण विवरण सार्वजनिक गर्ने, सबै जहाजहरुमा भीआईपी उडान गाइडलाइन बनाई लागू गर्नुपर्ने र भी२ ट्रयाक रेकर्ड अनिवार्य निगरानिमा राख्नु पर्ने ८ सुझाव दिएको छ ।

यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरेको आयोगमा ब्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने पर्यटन मन्त्रालयका बुद्धिसागर लामिछाने सदस्य सचिव थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .