ad ad

राजनीति


सरकारबारे समीक्षा गर्ने बेला भयो, रास्वपा बाहिरै बस्न तयार छ : मन्त्री श्रेष्ठ

सरकारबारे समीक्षा गर्ने बेला भयो, रास्वपा बाहिरै बस्न तयार छ : मन्त्री श्रेष्ठ

नेपालखबर
असार १, २०८१ शनिबार १४:५, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको टिप्पणी गर्दै सरकारमा सहभागिता र समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन्।

शनिबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकार पुरातन र कर्मकाण्डी हिसाबमा मात्रै चलेको बताए।

‘अहिले सरकारको नेतृत्व गरिहेको छौँ तर सत्ता अहिले पनि पुरातन शैलीमै, कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको छ। हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ,’ मन्त्री श्रेष्ठको भनाइ थियो।

मन्त्री श्रेष्ठले आफूहरू जुनसुकै बेलामा राजीनामा दिन सक्ने गरी खल्तीमै राजीनामा पत्र बोकेर हिँडेको पनि उल्लेख गरे। 

‘केही चिजमा अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ,’ उनले भने, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ।’ 

कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक, अनधिकृत हिसाबले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने चेतावनी समेत उनले दिए। 

‘वर्तमान राजनीतिक परिस्थितिमा एकपटक हामी जिम्मेवार नेताहरू सबै बसेर सल्लाह पनि भएको छ। सरकारलाई दिएको समर्थनको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ। सत्तारूढ दलहरूमा पनि यसलाई पुनरवलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .