ad ad

राजनीति


चिया पसलमा समेत ‘ठूला माछा’कै चर्चा चल्न थाल्यो : रवि लामिछाने

चिया पसलमा समेत ‘ठूला माछा’कै चर्चा चल्न थाल्यो : रवि लामिछाने

नेपालखबर
असार १, २०८१ शनिबार १४:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पछिल्ला दिनमा उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिन थालिएको टिप्पणी गरेका छन्। 

भ्रष्टाचारलाई ‘माछा’को रुपमा चिनिन थालेको भन्दै उपप्रधानमन्त्री लामिछानेले ठूला माछा समाउने विषयको चर्चा चिया पसलहरूमा समेत चल्न थालेको बताए।

‘सबैभन्दा ठूलो त यहाँ माछा छ नि त। उपलब्धि के हो माछा भन्ने हामीले बनाएका छाँै। हामीले पनि भनेकै हौँ, बनाएका पनि हौँ। अरू त सबै ठिक छ, खै त भन्ने, चिया पसलहरूमा पनि खै त सय दिन भयो खै त भन्ने छ,’ लामिछानेले भने। 

शनिबार रास्वपा स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी समेत गरे।

‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा,’ उनले भने, ‘नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौँ।’

सभापति लामिछानेले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको जिकिर गरे।

‘विधिको स्थापना गर्ने काम गरेको छ, पछिसम्म काम लाग्ने काम गरेको छ,’ लामिछानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .