राजनीति


दार्चुलामा भारतले बाटो बनाउँदै छ, तत्काल रोकियोस्ः रावल

दार्चुलामा भारतले बाटो बनाउँदै छ, तत्काल रोकियोस्ः रावल

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १०:१०,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडकबाटो निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रावलले सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रुपमा आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराउने काम गरेको भन्दै यसतर्फ सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताए। सरकारले सीमा सुरक्षाका लागि सीमा सुरक्षा चौकीहरु थप गर्ने घोषणा गरेअनुसार तदारुकताका साथ काम अगाडि बढाउन आग्रह गरे।

तिंकरमा बसोबास गर्ने नागरिकहरु चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रशंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माणका गर्न माग गरे। नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उनले सोही अनुसार अगाडि बढ्न पनि सरकारलाई आग्रह गरे।

प्रवुद्ध व्यक्तिहरुले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा कुनै जवाफ नआएको सन्र्दभमा सरकारको ध्यानाकर्षण गराए। नेपाली भूमिको रक्षाका लागि नागरिकताको विषय महत्पूर्ण भएको उल्लेख गर्दै रावलले नयाँ कानून अभावमा नागरिकता पाउनुपर्ने धेरै व्यक्तिले नागरिकता नपाएको र तत्काल नागरिकता विधेयक अगाडि बढाउन आग्रह गरे।

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै रावलले त्यहाँ रहेका नेपाली नागरिकहरुको विषयमा सरकारले अहिलेबाट नै ध्यान दिनुपर्ने बताए। ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको भन्दै उनले यसतर्फ सरकरको ध्यान जानु आवश्यक रहेको बताए।

रावलले पार्टी र अख्तियार दुरपयोग अनुन्धान आयोगको काम कारबाहीको भने बचाउन गरेका छन्। ललिता निवास प्रकरणमा नेकपा र अख्तियारले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला रावलले यसको बचाउ गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad