सन् २०१९ को वर्ल्र्ड एयर क्वालिटी रिपोर्टले विश्वका ३० मध्ये भारतका २१ शहरका वायु मानव स्वास्थ्यका लागि सबैभन्दा हानिकारक भएको बताएको छ।
सन् २०१९ मा सबैभन्दा प्रदूषित शहर भारतको गाजियावाद भएको भूउपग्रहको सहयोगमा गरिएको अध्ययनमा देखिएको प्रतिवेदनलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर वायु प्रदूषणका कारण ७० लाख मानिसको अकालमै मृत्यु हुने गरेको छ।
अध्ययनमा भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र मंगोलियाको वायु मानव स्वास्थ्यको लागि सबैभन्दा हानिकारक देखिएको छ।
चीनले भने वायु प्रदूषणलाई कम गर्दै गएको अनुसन्धानमा देखिएको छ।
दक्षिण एसियाली राष्ट्र नेपाल पनि वायु प्रदूषणको जोखिममा रहेको देखिएको छ। नेपालको वायु विशेषगरी अस्वस्थ मानिसका लागि हानीकारक भएको अनुसन्धानमा देखिएको छ।
अस्वस्थ मानिसका लागि नेपालसँगै बहराइन, इन्डोनेसिया, उज्बेकिस्तान, इराक, चीन, यूएइ, कुवेतको वायु हानिकारक भएको पाइएको छ।

प्रतिक्रिया