ad ad

राजनीति


भारतीय पर्यटकलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिन्छ : सांसद राणा

भारतीय पर्यटकलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिन्छ : सांसद राणा

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १४:४७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताए।

‘हामी छिमेकी मुलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ,’ राणाले भने, ‘अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन्। हाम्रा त अगल वगलमा छन्। तर हामीले सहजीकरण गर्दैनौँ। ल्याण्ड रुटबाट भारतीय मोटरमा पर्यटक आउँदाखेरी नेपालमा डाँका पसेको जस्तो व्यवहार गरिन्छ। दश ठाउँमा चेकिङ गरिन्छ। उसको कागज र सामान हेरिन्छ।’

पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै उनले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरील सीमामै दुव्यर्वहार गर्ने गरेको दाबी गरे। ‘हामीले आउने हाम्रो पर्यटकहरुलाई सम्मानका साथ, इज्जतका साथ हाम्रो देशमा स्वागत गर्नुपर्ने आवश्यकता छ,’ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै राणाले भने, ‘यसमा सरकारले ध्यान दिनुपर्छ। ५०० सयेका को नोट ल्यायौँ भने बोर्डरमा सशस्त्रले समातेर दुव्र्यवहार गर्छ। अनि हामीले पर्यटनको कुरा गर्छौ? मिलाउनुस् प्रधानमन्त्रीज्यू। पर्यटनमन्त्रीज्यू। यो के तमासा गरेको?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .