ad ad

कारोबार


पर्यटन क्षेत्रप्रति सरकार सचेत देखिएन : एमाले सचेतक बराल

पर्यटन क्षेत्रप्रति सरकार सचेत देखिएन : एमाले सचेतक बराल

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १४:५०, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सचेतक सुनिता बरालले पर्यटनसम्बन्धि ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गरेकी छन्।

पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो सम्बन्धी ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको उनको तर्क थियो।

शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्।

सचेतक बरालले पर्यटनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताइन्।

उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी नभएको कुरालाई देखाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

सचेतक बरालले पर्यटनमार्फत मुलुकको समृद्धको सम्भावना अधिक रहेपनि त्यस क्षेत्रको काममा दक्षता अभिवृद्धिका लागि स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको गुनासो पनि गरिन्।

‘पर्यटन ऐन ढिला नगरी ल्याएर यो देशको समृद्धिका सम्भावनाहरुलाई थप परिस्थिकृत पार्नका लागि विशेष ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘सरकारको नीति, कार्यक्रम बजेटमा पोखरा र भैरहवा विमानस्थललाई कहीँ पनि उल्लेख नहुनुले हामी पर्यटन क्षेत्रप्रति कति संवेदनशील र सचेत छौं? प्रष्ट देखाएको छ।’

सचेतक बरालले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छौँ भनेर नीतिगत रुपमा भनेपनि सो अनुसारको काम गर्न नसकेको गुनासो गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .