ad ad

राजनीति


पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ : सांसद सिंह

पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ : सांसद सिंह

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १३:५, काठमाडौँ

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन्। जो सरकारमा आए पनि कोषको नेतृत्व परिवर्तन र आफ्ना मान्छे भर्ती गर्ने गरिएको उनको आरोप थियो।

राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउन नहुने धारणा पनि उनले राखे।

‘जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने। त्यहाँ दुहुनो गाईजस्तै भएको छ। जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो, फेरि छिराउने। यस्तो नगरौँ,’ उनले भने, ‘राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ। राष्ट्रिय स्वार्थको बनाऔँ। जनस्वास्थ्यको बनाऔँ। राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ।’

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँगाउँमा पुर्‍याउनुपर्ने पनि उल्लेख गरे। तराईका पछाडि परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज बनाउन आग्रह पनि उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .