ad ad

राजनीति


कोसीको विवाद : पूर्ण इजलासमा सुनुवाइ

कोसीको विवाद : पूर्ण इजलासमा सुनुवाइ

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १२:५३, काठमाडौँ

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ।

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको इलजासमा सुनुवाइ भइरहेको हो। 

संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नसक्ने भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि संयुक्त इजलासमा सुनुवाइ भएको थियो। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले जेठ २३ गते जटिल संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको औँल्याउँदै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिइसकेका छन्। 

उनलाई पनि धारा १६८ को उपधारा ५ अनुसार नै नियुक्त गरिएको हो।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो। तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परे। 

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए। साथै प्रदेश सभाबाट नयाँ सरकार गठनका लागि संकल्प प्रस्ताव पनि पारित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .