ad ad

राजनीति


स्विट्जरल्यान्डका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता

स्विट्जरल्यान्डका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता

नेपालखबर
जेठ ३०, २०८१ बुधबार २२:१२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डबीच स्विट्जरल्यान्डको राजधानी बर्नमा बुधबार भेटवार्ता भएको छ। 

स्वीटजरल्यान्डकै जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रमका मुख्य वक्ताका रूपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र  त्यहाँका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो। 

भेटका अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताए। 

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल  सरकारले स्वीस लगानीकर्ताहरूलाई  नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहेको बताएका थिए।

स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै उनले यसले अवलम्वन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अंगिकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि बताएका थिए।  


पौडेलले स्वीस राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका थिए भने स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .