ad ad

राजनीति


कांग्रेसलाई सरकारमा जान हतारो छैन, आफैं प्रस्ताव आउँछ : शेखर

कांग्रेसलाई सरकारमा जान हतारो छैन, आफैं प्रस्ताव आउँछ : शेखर

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १७:२५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भूमिकालाई बलियो बनाएर जाने बताए। उनले सरकारका लागि आफैँ प्रस्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने जिकिर गरे।

उनले भने, ‘हामी विपक्षमा छौँ, हामीले विपक्षको भूमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन। आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छौँ, अन्य दलहरु हामी छैनौँ।’

नेता कोइरालाले क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताए। उनले सहकारी मात्रै नभइ अन्य धेरै ठाउँहरुमा अख्तियार, निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताए। उनले दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताए।

सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने उनको भनाई छ।

उनले सातवटा प्रदेश अस्थिरताको केन्द्र बनेका बताए।

उनले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ। बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ। आठ वटा सरकार देखिरहनुभएको छ। सात वटा प्रदेशमा एउटा केन्द्रमा। आठ वटा सरकार छ, आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएछ। हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी, कमजोरी हो की होइन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .