ad ad

कारोबार


जेनेभाको श्रम सम्मेलनबाट चन्द्र ढकालको सन्देश- नेपालमा लगानीको वातावरण बनिरहेको छ

जेनेभाको श्रम सम्मेलनबाट चन्द्र ढकालको सन्देश- नेपालमा लगानीको वातावरण बनिरहेको छ

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १७:३५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन्।

११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका हुन्। 

यही जुन ३ देखि स्विट्जरल्यान्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका हुन् । 

नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो। 

सामाजिक सुरक्षा लैंगिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे। 

भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । 

यसैगरी भारत र चीन जस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पुर्वाधार विस्तारको सम्भावना रहेको उनको भनाइ थियो। 

सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्टिय श्रम संगठन (आईएलओ) र रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आईओई) का उच्चपदस्थ अधिकारीहरुसँग पनि गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .