ad ad

राजनीति


जसपा महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु

जसपा महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १४:५९, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन उपर छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ।  

प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन्। प्रत्येक समूहमा १२० जना प्रतिनिधि रहेका छन्।

जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।

जसपाको राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र जारी रहेको छ।

पाँच सदस्यीय अध्यक्षमण्डलमा उपेन्द्र यादव, रकम चेम्जोङ, लालबाबु राउत, मृगेन्द्रकुमार सिंह र लीला सिटौला रहेका छन्।

अध्यक्षमण्डलको तर्फबाट अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

राजनीतिक प्रतिवेदनउपर समूहगत छलफल पछि लेखा परीक्षण आयोगका प्रमुख अमरेशनारायण झाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन्।

जनकपुरस्थित तिरहुतियागाछीमा जारी बन्द सत्रमा करिब १३ सय प्रतिनिधि सहभागी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .