ad ad

राजनीति


सरकार प्रवक्ताको स्वीकारोक्ति : मुलुक वैदेशिक ऋणको भरमा चलेको छ

सरकार प्रवक्ताको स्वीकारोक्ति : मुलुक वैदेशिक ऋणको भरमा चलेको छ

नेपालखबर
जेठ २६, २०८१ शनिबार २१:१०, काठमाडौँ

नेपाल सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको स्वीकार गरेकी छिन्। 

शनिबार काठमाडौँमा आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै मन्त्री शर्माले राष्ट्र र जनताको हितमा हुनेगरी मात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघ, संस्थालाई पनि सचेत गराइन्। 

‘सरकार वैदेशिक अनुदानमा, वैदेशिक ऋणमा चलिराखेको छ। सरकारको निकाय हो समाज कल्याण परिषद्। त्यसले विभिन्न खालको आईएनजिओबाट पैसा लिईरहेको छ भने हामीले हाम्रो राष्ट्र र जनताको हित विपरित हुने गरेर ऋण लिनुहुँदैन,’ उनले भनिन्, ‘त्यो शर्त हामीले मान्नु हुँदैन। हाम्रो देश र जनताको पक्षमा भएको यदि कुनैपनि समाजवादी राष्ट्र, सामाजिक संघ, संस्थाहरुले फण्डिङ गर्छन भने त्यसलाई अछुतको व्यवहार पनि गर्नुहुँदैन।’

सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको पनि बताउँदै शर्माले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी पनि गरिन्।

‘अहिले जतिपनि बजेटको प्राथमिकीकरणको कुरा गर्नुभयो। म के आग्रह गर्न चाहन्छु भने तपाईहरुले जुन संघ, संस्था बनाउँदै हुनुहुन्छ, पालिकामा जाँदै हुनुहुन्छ भने, प्रदेश जाँदै हुनुहुन्छ भने अहिले बजेटमा पुन ५ वटा प्राधिमिकीकरणको कुरा गरेका छौं। अहिले समृद्धिको योजनामा हामीले के भनेका छौ भने–सबभन्दा हाम्रो बेस कृषि हो भनेका छौं,’ उनले भनिन्, ‘कृषि भनिरहँदाखेरी त्यसको उत्पादन बढाउने गरी बजेट परिचालन गर्न सक्नुपर्दछ। कृषिका कार्यक्रम कसरी चलाउने? हामीले बढि उत्पादनमा ध्यान दिनुपर्छ। त्यसपछि हामीले हस्तक्षेपकारी आयोजना भनेर ऊर्जा भनेका छौं। ऊर्जाको उत्पादन वृद्धि गरेर देशलाई कसरी समृद्ध बनाउन सकिन्छ? भन्ने विषयमा पनि कामलाई केन्द्रित गर्नुपर्छ भन्ने लाग्छ।’

मन्त्री शर्माले समाज कल्याण परिषदले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनैपनि सहायता लिन नहुने स्पष्ट पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .