ad ad

राजनीति


लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १४:२२, काठमाडौँ

नेकपा(एमाले)का सांसद मानवीर राईले लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन्। 

उनले सगरमाथा घुम्न जाने पर्यटकहरुले यही विमानस्थलको प्रयोग गर्ने भन्दै एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको बताए। पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रुपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताए। 

‘संसारका पर्यटकहरू सगरमाथा घुम्न आउँछन्। तर एकमात्र हवाई यात्रा लुक्ला एयरपोर्ट छ। सानो एयरपोर्ट छ। फेरि फेरि दुःख कष्ट सहेर त्यो क्षेत्रमा पर्यटक आउन बडो गाह्रो मान्ने परिस्थिति,’ सांसद राईले भने, ‘पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ। गएको सालको बजेटले त्यसलाई समेट्न सकेन। अहिले मन्त्रीज्युले प्राथमिकतामा राखेको छु भन्नुभएको छ। प्राथमिकतामा मात्रै होइन उच्च प्राथमिकतामा राखेर सगरमाथाको पहुँचमार्ग भनेर उल्लेख गर्नु जरुरी छ।’

उनले सरकारले कृषि क्षेत्र र जलविद्युतको क्षेत्रलाई पनि प्राथमिता दिनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .