प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अदालतले निर्दोष सावित गरेपछि यतिबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा खेलिरहेको हुनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले क्रिकेट टोलीलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।
‘हिजो आरोप लागिरहेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रन हुँदैन भनेर हामी कयौले भन्यौँ,’ शर्माले भने, ‘तर, सम्मानित अदालतले निर्दोष सावित गरिसकेपछि यसबेलामा सन्दीप लामिछानेको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहेको अवस्था हुनुपर्थ्यो।’
साथै, उनले सन्दीपको भिसाका लागि सरकारले सुरुबाटै उचित पहल हुनुपर्नेमा कहाँ चुकेको हो? भनी प्रश्न गरे।
‘आफ्नो खेलाडीको बारेमा अदालतको फैसला सुशुचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल हुनुपथ्र्यो। यसमा कमजोरी कहाँ रह्यो, खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराउनुपर्थ्यो,’ उनले भने।
Shares
प्रतिक्रिया