राजनीति


कोरियामा रहेका नेपालीबीच समन्वय गर्न कांग्रेसको अपिल

कोरियामा रहेका नेपालीबीच समन्वय गर्न कांग्रेसको अपिल

नेपालखबर
फागुन १२, २०७६ सोमबार १०:३३,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपाली संघसंस्थाहरुबीच आपसी भाइचारा तथा समन्वय गर्न नेपाली जनसम्पर्क समिति कोरियालाई निर्देशन दिएका छन्।

कोरोना भाइरसले आक्रान्त पारेपछि कोरियामा रहेका नेपाली समूदाय त्रसित भएको खबर आइरहेका बेला कांग्रेसले नेपालीहरुबीच आपसी समन्वय गर्न आग्रह गरेको हो।

सभापति देउवाले जनसम्पर्क समितिका अध्यक्षलाई सोमबार पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका छन्।

पत्रमा भनिएको छ, ‘कोरोना भाइरस (कोबिड १९) को संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेका छन्। केहिदिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित भएको र केहिको मृत्यु समेत भैसकेको विवरण संचार माध्यमहरु मार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीहरुको सुरक्षा संंवेदनशीलता प्रति हाम्रो चासो बढेको छ। नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौं।’

देउवाले विशेष गरी संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल पनि गरेका छन्।

‘यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गर्दछु’ पत्रमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad