ad ad

राजनीति


धनराज गुरुङको माग : सौराहालाई हनिमुन सिटी बनाऔँ

धनराज गुरुङको माग : सौराहालाई हनिमुन सिटी बनाऔँ

नेपालखबर
जेठ २१, २०८१ सोमबार १३:४४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवद्र्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन्। 

उनले नवविवाहित जोडीहरू घुम्न जाने सहरको रुपमा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन्। 

त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको प्रस्ताव छ। रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रुपमा विकास गर्नुपर्ने बताउँदै यसो गरेमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने सांसद गुरुङको भनाई छ।

‘यसमा एउटा कुरा अझै पुगेन। वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो। अब एउटा हनिमुन हब्स भएन। हनिमुन सिटी भएन। हनिमुन सिट पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ। विवाहित जोडीहरू त्यहाँ जान्छन्। नव दुलाहा, दुलही त्यहाँ जान्छन्। हात्ति चढ्छन्। घुम्छन्। त्यसैले हनिमुन सिटी। रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनसिप बनाइदिउँ। १ हजार जोडी अट्ने सिप बनाइदिउँ। हनिमुनसिपमा गएर हनिमुन मनाउँछन्। के फरक पर्छ? यसरी पर्यटन प्रवद्र्धन गर्दै जानुपर्छ। अर्को कुरा भन्नैपर्छ। नो नट अगेन भ्यु टावर। डाडाँमा भ्यु टावर बनाएका छौँ भएको डाँडालाई खत्तम बनाएका छौँ। त्यसैले नो नट अगेन भ्यु टावर भन्नु आवश्यक छ,’ उनले भने।

साथै, उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट २ खर्ब राजस्व उठ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .