ad ad

कारोबार


आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौँ : गभर्नर अधिकारी

आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौँ : गभर्नर अधिकारी

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८१ सोमबार १३:४८, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताएका छन्। 

आईतवार काठमाडौंमा भएको इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समिक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए। उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताए।

उनले मौद्रिक नीतिका विषयमा छलफल सुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको बताए। गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताए।

उनले नेपालको लगानी, पुँजीगत खर्च उत्पादनशील नभएको बताए। उनले लगानी उत्पादनशील बनाउनको लागि राष्ट्र बैंकले लिएका नीतिअनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको बताए। उनले कर्जाको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउन निजी क्षेत्रलाई आग्रह गरे।

उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको बताए। उनले बजेटमा इमानदारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजान सकिन्छ भन्ने कुरालाई मुख्य जोड दिइएको बताए। उनले कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको बताए। न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .