ad ad

राजनीति


बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल जारी

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल जारी

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८१ सोमबार ११:४१, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। उनीहरूबीच केहीबेरदेखि बालुवाटारमा छलफल जारी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। 

स्रोतका अनुसार, पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न तीन शीर्ष नेताहरू जुटेका हुन्। 

साथै, संसद्‌मा भइरहेको बजेटमाथिको छलफलमा पनि नेताहरूबीच छलफल हुने बताइएको छ। 

उनीहरूबीच मधेस प्रदेश सरकारको विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .