ad ad

कारोबार


हिमाल हस्पिटलले प्रभु बैंकका ग्राहकलाई विशेष छुट दिने

हिमाल हस्पिटलले प्रभु बैंकका ग्राहकलाई विशेष छुट दिने

नेपालखबर
जेठ २१, २०८१ सोमबार ११:४७, काठमाडौँ

प्रभु बैंक लिमिटेड र हिमाल हस्पिटलबीच विशेष छुटसम्बन्धी समझदारी भएको छ। 

बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, ज्ञानेश्वरस्थित हस्पिटलले अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो।

हिमाल हस्पिटलका व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

यसअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरुमा १० देखि २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक हिमाल हस्पिटलमा पेस गर्नुपर्नेछ।

सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होमपछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाडौंमा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो। जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकमध्येको दोस्रो निजी अस्पताल हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .