ad ad

राजनीति


सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु

नेपालखबर
जेठ १४, २०८१ सोमबार १४:४, काठमाडौँ

ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार मध्यान्ह बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले एक महिलालाई ठक्कर दिएको थियो। 

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल बस्ने ४० वर्षीय अप्सरा दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

उनी ललितपुरको बाँडेगाउँमा आफन्तकोमा जान लागेकी थिइन्। सोही क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो।

घटनापछि उनलाई पाटन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला प्रहरी परिसरका एपसी नरेशराज सुवेदीले नेपालखबरलाई जानकारी दिए। 

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .