ad ad

राजनीति


देउवा अस्वस्थ भएपछि बूढानीलकण्ठ पुगेका थिए प्रचण्ड

देउवा अस्वस्थ भएपछि बूढानीलकण्ठ पुगेका थिए प्रचण्ड

आइतबार बिहान देउवा निवासमा छलफल गर्दै प्रधानमन्त्री


नेपालखबर
जेठ १३, २०८१ आइतबार १०:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (आइतबार) बिहानै बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

दुई शीर्ष नेताबीच खासगरी संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति गर्ने विषयमा छलफल भएको कार्यदलको सदस्यसमेत रहेका कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।  

‘हामीले राखेको कुरामा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ’, सांसद परियारले भेटवार्ताबारे जानकारी दिँदै सञ्चारकर्मीसँग भने, ‘प्रधानमन्त्रीज्यूले शीर्ष नेताबीच पुनः छलफल गरेर आजै बेलुका तथा भोलि बिहानसम्म सहमति जुटाउने भन्नुभएको छ।’ 

खासमा सहमतिका लागि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल गर्ने तय भएको थियो। 

तर देउवा अस्वस्थ भएकाले सो बैठक नै बूढानीलकण्ठमा सारिएको सांसद परियारको भनाइ छ। 

‘सभापतिज्यू अस्वस्थ हुनुभयो, उहाँ बालुवाटार जान नसक्ने भएपछि उहाँले दुवै नेता (प्रचण्ड र ओाली) लाई बूढानीलकण्ठ आउनु भन्नुभएको थियो, तर प्रधानमन्त्री मात्रै पुग्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .