राजनीति


मिथिलाञ्चलको महाकुम्भ सुरु, डोला उठाउँदै प्रचण्डले गरे उद्घाटन

मिथिलाञ्चलको महाकुम्भ सुरु, डोला उठाउँदै प्रचण्डले गरे उद्घाटन

शैलेन्द्र महतो
फागुन ११, २०७६ आइतबार ४:२५,

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिनसम्म सञ्चालन हुने मिथिला मध्यमिकी परिक्रमा आइतबार सुरु भएको छ।

यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वको मिथिला मध्यमिकी परिक्रमाको पूर्वप्रधानन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला बाेकेर परिक्रमाकाे उद्घाटन गरेका छन्। 

परिक्रमा उद्घाटन गर्न प्रचण्ड आइतबार बिहानै हेलिकप्टरबाट कचुरी आइपुगेका थिए। प्रचण्ड ओर्लनुअघि आकाशबाटै पुष्पवृष्टि गरिएकाे थियाे।

prachandaheli

फागुन औंशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारतका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँ गरी १ सय २० किलोमिटर भूभाग परिक्रमा गरिन्छ।

आजको दिन धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याइन्छ।

अनि त्याे  डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ गरिन्छ। बृहत्, मध्य र अन्तरगृह गरी ३ प्रकारको परिक्रमा गरिन्छ। 

डोलामा पछिपछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहित मौलिक पहिरनमा लाखौँ नरनारी सहभागी हुन्छन्। लावालस्करसहित मिथिलाका चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गरिन्छ।

१५ दिनसम्म हुने परिक्रमअन्तर्गत क्रमश: जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता,  धनुषाधाम, सतोखर, औरही, भारतका करुण, विसौल हुँदै अन्तिम अर्थात् १५औ दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यपरिक्रमा सम्पन्न गरिन्छ। 

prachandajanakpur

रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट क्लेशबाट मुक्ति एवं उचित फल प्राप्त हुने धार्मिक विश्वास छ।

परिक्रममामा नेपालका धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत तथा भारत विहारका सीतामढी, मधुवनी, दरभंगालगायत स्थानबाट हजारौँ  श्रद्धालु भक्तजन तथा साधुसन्त सहभागी हुने गर्छन्।

परिक्रममा प्रायः वृद्धवृद्धा बढी सहभागी हुन्छन्। टायरगाडा, साइकल र टाउकोमा बन्दोबस्तीका समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुँइ खनेर चुलाे निर्माण गर्नु, खाना पकाउनु , भजनकिर्तनलगायत गतिविधि गरिन्छ। 

परिक्रमा क्रममा रात्रि विश्राम गर्नै पन्ध्राैँ स्थलमा स्थानीयले मेला आयोजना गर्छन्।

त्यस्तै परिक्रमामा सहभागी श्रद्धालु भक्तजनलाई स्वागत गर्न दुई दिन अघिदेखि नै स्थानीय जुट्ने गर्छन्। स्थानीयले सांस्कृतिक कार्यक्रमसमेत अयोजना गर्छन्। पुण्य कमाउन एवं सेवा दिन विभिन्न संघ/संस्था एवं व्यक्तिले निःशुल्क भोजन,  स्वास्थ्य शिविर र आवास व्यवस्था गर्ने गर्छन्।

नेपाल र भारतको सामाजिक सदभावको सेतुका रुपमा रहेको यो परिक्रमाले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बाेकेकाे छ। त्यस्तै यसले आर्थिक टेवासमेत पुर्‍याउने गरेको छ।

prachandajanakpur1

प्रचण्ड चढेको हेलिकप्टरको हावाले टेन्ट उडायो
मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा उदघाट्न क्रममा नेकपा अध्यक्ष प्रचण्ड चढेको हेलिकप्टरको हावाले प्रवेशद्वारको टेन्ट उडाएको छ।

prachandatenta

प्रचण्डलाई स्वागत गर्न साजाइएकै प्रवेशद्वारको कपडा हेलिकप्टरको हावाले उडेको हो। त्यस क्रममा केही दूरीको कपडासमेत च्यातिएको छ।

हेलिकप्टर झन्डै ५० फिटबाट पुष्पवृष्टि गर्दा टेन्ट हल्लिनाका साथै एकक्षण वातावरण धुलाम्मे भएको थियो भने सहभागीको भागभागजस्तै भएको थियो।

पुष्पवृष्टि गरेकै हेलिकप्टरबाट प्रचण्ड परिक्रमा उदघाटन गर्न धनुषा आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad