ad ad

राजनीति


श्रममन्त्रीको सम्पत्ति : सहकारीमा डेढ करोड नगद, काठमाडौँमा ३ करोडको घर

श्रममन्त्रीको सम्पत्ति : सहकारीमा डेढ करोड नगद, काठमाडौँमा ३ करोडको घर

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १६:१०, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफूसँग सहकारीमा १ करोड ५० लाख नगद जम्मा रहेको सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार, जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा भएको उल्लेख गरेका हुन्।

उनले व्यापारबाट सो रकम आर्जेको विवरणमा बुझाएका छन्। 

यस्तै प्राइम बैंकमा १३, राष्ट्रिय वाणिज्य बैंकमा ४ र मेगा बैंक बैंकमा एक लाख नगद मौज्जाद रहेको विवरण बुझाएका छन्।

अर्यालले श्रीमती अम्बिका केसीको नाममा ग्लोबल आइएमइ बैंकमा ५० लाख र हिमालयन बैंकमा २० लाख नगद मौज्जाद रहेको विवरण पेश गरेका छन्। 

अर्यालले धादिङका विभिन्न स्थानमा ८ आना, भक्तपुरमा ८ आना र लमजुङमा १० रोपनी २८ आना जग्गा रहेको उल्लेख गरेका छन्।

यसैगरी भक्तपुरमा ८ आना जग्गा उनकै नाममा छ। यस्तै, श्रीमती अम्बिकाको नाममा काठमाडौंका विभिन्न स्थानमा २२ आना जग्गा रहेको उल्लेख गरेका छन्।

१ करोड २५ लाखको प्राडो कार, श्रीमतिसँग ४३ लाखको टाटा नेक्सन ईभी रहेको पनि उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .