ad ad

राजनीति


संसद्‌बाट कांग्रेसको माग– गृहमन्त्री लामिछानेलाई पनि पक्राउ गरियोस्

संसद्‌बाट कांग्रेसको माग– गृहमन्त्री लामिछानेलाई पनि पक्राउ गरियोस्

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
जेठ ८, २०८१ मंगलबार १३:३६, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा वागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन्। 

‘एउटै खालको अभियोग भोगिरहेका सबै सदनका माननीय गिता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौँ। एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो?,’ उनले अघि भने, ‘यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दाबी छ– म यसमा संलग्न छैन। त्यसो हो भने संसदीय छानविन समिति बनाउ। दाबी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस, सफाई पाउनुहोस्। दाबी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस्। हाम्रो यति मात्रै आग्रह हो।’

सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ।

उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .