राजनीति


बाँस्काेटाको अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

बाँस्काेटाको अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

नेपालखबर
फागुन १०, २०७६ शनिबार ९:३९,

पूर्वसञ्चारमन्त्री सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले कमिसन मागेको अडियो प्रकरण र अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ।

शनिबार (आज) अपरान्ह बस्न लागेको बैठक मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा विषयमा छलफल हुने बताइएको छ। अध्यक्ष प्रचण्ड पार्टीकामको सिलसिलामा उपत्यका बाहिर रहेको र उनी फर्के लगत्तै बैठक बस्ने बताइएको छ।

त्यस्तै शुक्रबार नेकपाको केन्द्रीय समितिले एसीसीका बारेमा अध्यन गरी सुझाब दिन बनाएको कार्यदलले नेकपा अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदका विषयमा पनि छलफल हुने भएको छ। नेकपा सचिवालयमा पछिल्लो समय एमसीसी परिमार्जपछि मात्रै अनुमोदन गर्ने पक्षमा एकमत जस्तै बन्न पुगको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारै नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि एमसीसी संशोधनपछि मात्रै अनुमोदन गर्ने पक्षमा रहेको र त्यसका लागि पहल सुरु गरिसकेको बताएका थिए।

कार्यदलले केही बुँदा संशोधन नभई एमसीसी अनुमोदन गर्न नसकिने सुझाव दिएको कार्यदलका संयोजक झलनाथ खनालले बताएका छन्।

‘आजको बैठकमा मुख्यगरी एमसीसीलाई कसरी अगाडि बढाउने र बाँस्काेटाकाे अडियो प्रकरणबारे छलफल हुन्छ’, नेकपा निकट एक स्रोतले नेपालखबरसँग भन्याे।

त्यस्तै सञ्चार र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नबारे पनि सचिवालयमा छलफल हुने स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad