ad ad

राजनीति


गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

नेपालखबर
जेठ ७, २०८१ सोमबार १६:२२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सांसद धनराज गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्। 

कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले सदनमा गृहमन्त्री लामिछानेले सत्यतथ्य नबोलेको भन्दै संसद्को अवहेलनामा कारबाही गर्न माग गरेका हुन्।

प्रतिनिधि सभाको रोस्ट्रमबाट तथ्यहीन, आधारहीन कुरा गरेर सांसदहरूमाथि नै मानमर्दन गर्न खोजेको र नागरिकलाई भ्रममा पार्न खोजेको गुरुङले निवेदनपत्रमा उल्लेख गरेका छन्। 

‘अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकमा भ्रम सृजना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु,’ उनले सभामुखलाई पठाएको पत्रमा छ।

देशको गृहमन्त्रीले अनैतिकरूपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको उनले बताएका छन्। 

‘बोलेका कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु,’ उनले पत्रमा भनेका छन्, ‘यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .