राजनीति


सञ्चारमन्त्रीलाई राजीनामा गराउन प्रधानमन्त्रीले नै पहल गर्नुभएको हो : प्रचण्ड

सञ्चारमन्त्रीलाई राजीनामा गराउन प्रधानमन्त्रीले नै पहल गर्नुभएको हो : प्रचण्ड

नेपालखबर
फागुन १०, २०७६ शनिबार ७:२३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमन्त्रीलाई गोकुल बाँस्कोटालाई राजीनामा गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेको खुलासा गरेका छन्।

शनिबार नवलपुरको रजहरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ७० करोड कमिसन प्रकरणको अडियो टेप सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले नै पहल गरेर सञ्चारमन्त्रीलाई राजीनामा दिन लगाएको बताएका हुन्

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप बुधबार राति सार्वजनिक भएपछि सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।

‘अस्तिमात्रै सञ्चारमन्त्रीका सन्दर्भमा जे कुरा बाहिर आयो, तत्कालै प्रधानमन्त्रीले आफैँले पहल लिएर उहाँलाई राजीनामा दिन लगाउने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्न भन्ने पहल लिएको हुनाले त्यो समस्या समधानतिर गएको छ’, उनले भने।

अध्यक्ष प्रचण्डले फरक विप्लव नेतृत्वको नेकपालाई सरकारले आतंककारी नभनेको बताए। उनले क्रान्ति र परिवर्तनको नक्कल गरेर नहुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र मानेर शान्तिपूर्ण र मूलधारको प्रतिस्पर्धात्मक बाटोमा आउन आग्रह गरे।

‘सरकारले गैरकानुनी रुपमा बम विस्फोट गराउने, मान्छे मार्नेलाई छुट दिन सक्दैन, सरकारले त्यो संगठनलाई आतंकारी भनेको छैन’, उनले भने, ‘प्रतिबन्ध आतंककारीलाई मात्रै लगाइन्छ भन्ने छैन।’ उनले विप्लव ढिलोचाँडो यही बाटोमा आउने समेत विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad