ad ad

राजनीति


सदनको गतिरोध उस्तै, राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित

सदनको गतिरोध उस्तै, राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८१ आइतबार १५:३९, काठमाडौँ

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

आइतबार १ः१५ मा बोलाइएको बैठक बस्न नसकेपछि ३ः१५ मा सारिएको थियो। तर राजनीतिक तहमा सहमति बन्न नसकेपछि दिनभर बैठक बस्न सकेन।

संसद सचिवालयले सूचना टाँस गरी सोमबारसम्मका लागि बैठक स्थगित भएको जनाएको छ। 

सोमबारको बैठक दिउँसो १ः१५ बजेका लागि तोकिएको संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।

सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सत्ता र प्रतिपक्षबीच सहमति भए पनि कार्यादेशका विषयमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक पनि अनिश्चित छ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि दिउँसो २ बजेका लागि तोकिएको थियो।

त्यसपछि पनि बैठक बस्ने विषयमा अन्योल कायमै छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .