राजनीति


टीओआरका लागि कांग्रेसले माग्यो थप समय, आजै अर्को छलफल हुने

टीओआरका लागि कांग्रेसले माग्यो थप समय, आजै अर्को छलफल हुने

नेपालखबर
जेठ ६, २०८१ आइतबार १४:१०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिसम्बन्धी कार्यादेश (टीओआर)बारे छलफल गर्न समय मागेको छ। 

आइतबार बिहानदेखि सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि २० मिनेटको समय मागेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

‘केही समयमा फेरि बैठक बस्नेगरी नेपाली कांग्रेसले २० मिनेटका लागि छलफल गर्ने भनेर समय मागेको छ,’ बर्तौलाले सिंहदरबार बैठकपछि भने। 

उनका अनुसार करिब करिब सहमतिको ठाउँमा पुगेपनि फिनिसिङ भने भइसकेको छैन। 

‘आज बेलुकीसम्म फिनिसिङ गर्न सक्छौँ जस्तो लागेको छ,’ उनले भने। समग्र सहकारीको समस्या समाधान होस् भनेर छलफल लम्ब्याइएको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad