ad ad

कारोबार


३ करोड ३० लाख डलर तलब बुझेर बाहिरिँदै छन् बोइङका मालिक

३ करोड ३० लाख डलर तलब बुझेर बाहिरिँदै छन् बोइङका मालिक

डेभ कलहन (गेट्टी इमेज)


नेपालखबर
जेठ ६, २०८१ आइतबार १४:३३, काठमाडौँ

चर्चित विमान निर्माता बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी डेभ कलहनले सन् २०२३ को तलब, भत्ता लगायतको कुल ३ करोड ३० लाख अमेरिकी डलर पाउने भएका छन्। 

कम्पनीको उक्त प्रस्तावमा बोइङका सेयरसदस्यहरुले स्वीकृति जनाएको बीबीसीले उल्लेख गरेको छ। 

बोर्ड बैठकमा उक्त योजना बहुमतको आधारमा स्वीकृत भएको बताइएको छ। केहीले भने कम्पनीले विभिन्न पक्षको सामना गरिरहेका बेला उक्त सुविधामा असन्तुष्टि जनाएका थिए। 

कम्पनीको बोर्डमा उनलाई राख्ने प्रस्तावमा पनि केहीले असन्तुष्टि जनाए पनि सो प्रस्ताव पनि पारित भएको बताइएको छ। 

कलहनको तलब प्याकेजमा १४ लाख डलर तलब र ३ करोड डलरको सेयर समावेश छ। सन् २०२२ मा उनले २ करोड २६ लाख डलरको प्याकेज पाएका थिए। 

हालका नयाँ बोर्ड प्रमुख स्टिभ मलनकोपले सन् २०२४ मा कार्यकारीहरुलाई दिइने सुविधा घटाउने भएका छन्। 

पछिल्लो समय बोइङका विमानहरुमा समस्या देखिँदै आएको छ। कलहनको कार्यकाल यही वर्षसम्म मात्र छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .