ad ad

राजनीति


कांग्रेस केन्द्रीय सदस्य पोखरेल भन्छन्– टिट फर ट्याटमा नजाऔँ

कांग्रेस केन्द्रीय सदस्य पोखरेल भन्छन्– टिट फर ट्याटमा नजाऔँ

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १३:३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले अहिलेको व्यवस्था बचाउन पार्टी गम्भीर बन्नुपर्ने बेला आएको बताएका छन्। 

पोखरेलले पछिल्लो राजनीतिक घटनाक्रममा पार्टीले देखाएको गतिविधिले निराशा फैलाएको टिप्पणी गर्दै संवादबाटै समाधानका लागि घनिभुत छलफलमा जुट्नुपर्ने बताए। 

‘संसदीय व्यवस्थाका पक्षपोषक नभएकाहरूको जस्तो टिट फर ट्याटमा नजाऔँ,’ उनले भनेका छन्, ‘हामी बहुलवाद मान्नेहरूले संवादबाटै समाधान निकाल्न घनिभुत लागौँ, हामी व्यवस्था सफल भएको हेर्न चाहन्छौँ नकि व्यक्ति।’

उनले विसं २००७ सालदेखि राणाविरुद्धको आन्दोलनदेखि संसदीय व्यवस्था बचाउन संसदनै पुनस्र्थापनाको कामसमेत कांग्रेसले गरेको भन्दै उनले यो पटक पनि कांग्रेस गम्भीर बन्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .