ad ad

राजनीति


रास्वपा केन्द्रीय सदस्य कार्कीको आरोप: ओलीले हाम्रा सभापतिलाई मानवढाल बनाउन खोजे

रास्वपा केन्द्रीय सदस्य कार्कीको आरोप: ओलीले हाम्रा सभापतिलाई मानवढाल बनाउन खोजे

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ८:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्ंमा आफ्ना सभापति रवि लामिछानेलाई ‘मानवढाल’ खोजेको आरोप लगाएका छन्। 

एमाले अध्यक्ष ओलीले बुधबार पार्टीको संसदीय दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले पहिले बोल्न पाउनुपर्ने नत्र कांग्रेसलाई पनि बोल्न नदिने बताएका थिए। 

प्रमुख प्रतिपक्षी कांग्रेसले अब संसद्मा बोल्दा गिरीबन्धु टी-स्टेट प्रकरणको कुरा पनि उठाउने डरले ओलीले लामिछानेको निहुँमा आफू बच्ने उपाय गर्न खोजेको दाबी रास्वपा केन्द्रीय सदस्य कार्कीले गरेका हुन्। 

उनले कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न नदिनु अलोकतान्त्रिक कदम भएको उल्लेख गर्दै ओलीले कांग्रेसलाई बोल्न दिन्नँ भन्नु पनि त्यस्तै काम भएको टिप्पणी गरेका छन्। 

‘हाम्रा सभापति रवि लामिछानेले संसद्‌मा उभिएर आफ्ना तर्क राख्न नपाउनु कांग्रेसको अलोकतान्त्रिक र निन्दनीय कार्य हो। हाम्रा सभापतिलाई संसद्‌मा आफ्ना तर्क राख्न दिएर कांग्रेसले आफ्नो गल्ती सच्याओस्। यसअघि भएका अलोकतान्त्रिक रोकावटका लागि माफी मागोस्’, कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘...अब बोल्दा कांग्रेसले संसदमा गिरीबन्धु चिया बगानको नीतिगत भ्रष्टाचारबारेमा पनि बोल्छ भन्ने अनुमान। त्यसमा केपी ओलीको नाम सोझै जोडिन्छ। त्यही डरले रवि लामिछानेलाई बोल्न नदिनेलाई हामी पनि बोल्न दिदैनौँ भन्ने एमाले अध्यक्ष ओलीको भनाइ आएको हो भन्ने जो कोहीले अनुमान गर्न सक्छ। रवि लामिछानेको नाम बीचमा घुसाएर ओलीले बनाउन चाहेको ‘मानवढाल’ मात्र हो। कसैलाई तर्क राख्न नदिनु अलोकतान्त्रिक र निन्दनीय हो भन्नेमा स्पष्ट हामीलाई देखाएर अर्को अलोकतान्त्रिक अभ्यास हुन्छ भने त्यो पनि निन्दनीय नै हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .