झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुनेबारे सर्वोच्च अदालतले गरेको फैसलाबारे नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रवेश पाएको छ।
सर्वोच्चले गरेको उक्त फैसलाबारे कांग्रेसले संसद्मा पनि आवाज उठाउने भएको हो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गिरीबन्धु टि स्टेटको विषय प्रवेश गरेको जानकारी दिए।
‘गिरीबन्धु टि स्टेटको विषय प्रवेश गरेको छ। यसका बारेमा पहिला भएका कामकुरा अहिले पछिल्लो समयमा सम्मानित अदालतबाट फैसला भएको अवस्था छ,’ लेखकले भने, ‘यो विषयमा हामीले सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाएर सार्वजनिक गर्नेछौँ।’
बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी स्टेटको विषयमा ब्रिफिङ गरेका थिए।
Shares
प्रतिक्रिया