ad ad

राजनीति


हाम्रो पार्टीप्रति अहिले पनि जनतामा ठूलो आशा र अपेक्षा छ : माधव नेपाल

हाम्रो पार्टीप्रति अहिले पनि जनतामा ठूलो आशा र अपेक्षा छ : माधव नेपाल

नेपालखबर
जेठ १, २०८१ मंगलबार १२:२३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीप्रति जनतामा निकै ठूलो आशा र अपेक्षा अहिलेपनि रहेको दाबी गरेका छन्। 

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक र वैचारिक रुपमा जनताको आशा र भरोसाको केन्द्र रहेको बताए। 

‘अहिले पनि नेपालको राजनीतिमा हाम्रो पार्टीप्रति निकै ठूलो आशा र अपेक्षा छ। ठूलो पंक्ति हाम्रो पछि विद्यमान छ। तीनलाई कसरी राजनीतिक र वैचारिक रुपमा क्रियाशिल बनाउने, जनताको आशा र भरोसाको केन्द्र बन्नेतिर उपयुुक्त नीति, विषय र नारा अघि सानुपर्ने छ,’ उनले भने। 

साथै, उनले यथार्थतालाई राम्रो ढंगले विगतको समीक्षा गर्ने क्रममा विचार पुर्याउनुपर्ने बताए। 

‘कसरी हाम्रो प्रभाव विस्तार गर्ने हो, जनतालाई कसरी आकर्षण पैदा गर्ने हो, वरिपरि गोलबन्द गर्ने विषयमा गम्भीर ध्यान पुर्याउनुपर्ने आवश्यक छ,’ उनले भने, ‘हामी सबै दललाई भोग्दै आएका छौँ। कसैप्रति कुनै किसिमको भ्रम राख्नुपर्ने छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .