ad ad

राजनीति


सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी

नेपालखबर
जेठ १, २०८१ मंगलबार ९:५९, काठमाडौँ

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। 

आज दिउँसो संघीय संसद्को बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो। 

याे बैठकले संसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन्। 

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहानै बालुवाटारमा कांग्रेसका नेतासँग छलफल गरेका थिए।  

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।  

छानबिन समिति नबन्दासम्म संसद्‌मा जारी अवरोधलाई निरन्तरता दिने अडान लिएको कांग्रेसले यस विषयमा के कसरी प्रस्तुत हुने भनेर संसदीय दलको बैठकबाट निर्णय गर्ने तयारी गरेको हो। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ। 

संसद्को बैठक सुरु हुनुभन्दा अघि नै सहमति खोज्ने प्रयास प्रधानमन्त्री र कांग्रेस नेताहरुले गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .