ad ad

राजनीति


विश्वासको मत पाएपछि कार्कीले भने– यही हप्ता सरकार विस्तार हुन्छ

विश्वासको मत पाएपछि कार्कीले भने– यही हप्ता सरकार विस्तार हुन्छ

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १६:४०, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार बिस्तार हुने बताएका छन्।

सोमबार कोसी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैसरकार बिस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा हुने बताए।

कार्कीले ५७ मत प्राप्त गरेका थिए। प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरेका थिए।

नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए। बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने की राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताए।

‘केही सैद्धान्तिक कुराहरु हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौँ। जसपाल पक्षमा रहेर र नेकपा एसले विपक्षमा रहेर हामीलाई समर्थन गरेको छ,’ उनले भने, ‘जसपाको सनाखत भइरहेको छ, निर्वाचन आयोगले दिएको सनाखतको समयपछि हामी बाँकी कुरा अघि बढाउनेछौँ। नेकपा एकीकृत समाजवादीको भने विपक्षमा समर्थन छ। त्यही अनुसार अघि बढ्नेछौँ। समयक्रममा सबैको सरकार बन्न पनि सक्छ। बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्छ, की राजीनामा दिनुपर्छ। की अर्को सरकार बनेपछि स्वीकार्नुपर्छ। यसमा हामी स्पष्ट छौँ।’ 

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनैपनि फैसला आफूहरुले मान्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .