ad ad

राजनीति


०८४ को निर्वाचनलाई समाजवादी अभियान बनाउँछौँ : विप्लव

०८४ को निर्वाचनलाई समाजवादी अभियान बनाउँछौँ : विप्लव

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:५३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने संसदीय निर्वाचनलाई समाजवादी अभियानका रुपमा अघि बढाउनुपर्ने तर्क पेस गरेका छन्। 

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्ताका क्रममा उनले सांसद र मन्त्रीका लागि मात्रै आफूहरूले चुनावको कुरा नगरेको दाबी गरेका छन्। 

‘आधारभुत कुरा एउटै फरक छ र त्यो महत्त्वपूर्ण कुरा हो। सांसद र मन्त्रीको लागि मात्रै हामीले ०८४ को चुनावको कुरा गरेका छैनौँ,’ उनले भनेका छन्, ‘०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा लिएर जानुपर्छ।’

पछिल्ला वर्षहरूमा दलाल पुँजिपतिहरूको मुठ्ठीमा पर्दै गएको जिकिर गर्दै उनले सत्ताको चरित्र नै बदल्नुपर्ने पनि बताएका छन्। जसलाई उनले समाजवादको रुपमा अर्थ्याएका छन्। 

‘नेपालमा १८ वर्षको प्रयोगलाई दलाल पुँजिवादी सत्ता भनेका छौँ, जनताको हातमा सत्ता आउन सकेको छैन र सत्ता दलाल पुँजिपतिहरुको मुठ्ठीमा पर्दै गएको छ। त्यसलाई रुपान्तरण नगरेसम्म हुँदैन,’ उनले भने, ‘चाहे नयाँ पार्टीलाई दिनुस् या अर्को पार्टीलाई दिनुस् आधारभुत रुपमा यो सत्ताको चरित्रलाई बदल्नुपर्छ र त्यो भनेको समाजवाद हो। त्यसैले समाजवादमा जाने अभियानको रुपमा चुनावलाई प्रयोग गर्ने हो।’

उनले ०८४ को चुनावलाई प्रयोग गर्नुपर्ने पनि बताएका छन्। 

‘क्रान्तिको समग्र मोर्चाभित्र चुनाव पनि एउटा हो। २१ औं शताब्दीका विशेषता अनुसार आउँदो ०८४ को चुनावलाई प्रयोग गर्नुपर्छ। त्यसपछि के हुन्छ हेर्दै जानुपर्छ। ०८४ कै चुनाव हुन्छ कि हुँदैन ठेगान छैन नेपालमा,’ विप्लवले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .