राजनीति


सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय सभा अवरुद्ध

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय सभा अवरुद्ध

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ७:५६,

सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस माग्दै कुराकानी गरेको अडियो सार्वजनिक भएपछि उनको बर्खास्ती र छानवीन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरु आफ्नो ठाउँबाट उठेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कांग्रेसका सांसद जीतेन्द्रनारायण देवलाई बोल्ने समय दिएका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार नगर्ने प्रतिवद्धताविरुद्ध सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रेस स्थापनाको लागि कमिसन मागेको अडियो प्रकरण सार्वजनिक भएको भन्दै तत्काल प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरे।

देवले स्वतन्त्र छानवीन समिति बनाएर अडियो प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन पनि माग गरे। साथै कमिसन प्रकरणमा सरकारकै मन्त्री मुछिएको विषयमा यो घटना के हो? यसको बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग अघि सारेर संसद बैठक अवरुद्ध पारेको हो।

बर्खास्तगी, छानवीन र प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिएपछि बैठक फागुन १५ गतेसम्मलाई स्थगित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad