ad ad

राजनीति


आरोप ठूलो कुरा होइन, प्रमाणित भए सजाय भोग्न तयार छु : सञ्चारमन्त्री

आरोप ठूलो कुरा होइन, प्रमाणित भए सजाय भोग्न तयार छु : सञ्चारमन्त्री

गोकुल जोशी
फागुन ८, २०७६ बिहिबार ७:१२,

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।

बिहीबार कञ्चनपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्काटाले आरोप लाग्नु ठूलो कुरा नभएको बताए।

बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको थियो। सोही विषयमा प्रतिक्रिया दिँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

‘आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ। सरकार सञ्चालन गर्दा आरोप लाग्नु ठूलो कुरा होइन’, मन्त्री बाँस्कोटाले भने, ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु। यसलाई राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन।’

उनले सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रुपमा अगाडि बढेको बताए। सरकार भ्रष्टाचार नियन्त्रणमा दृढतापूर्वक अगाडि बढेको बताउँदै भ्रष्टाचारका नयाँ इस्यु उजागर हुँदै जाने बताए।

‘हामी भ्रष्टाचार नियन्त्रणमा दृढ रुपमा अगाडि बढेका छौँ, धेरै कुरा उजागर हुदै जाने छन्’, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक ७० करोड कमिसन मागेको अडियो टेपबारे बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘हाम्रै बारेमै आए पनि केही डर छैन, यसमा छानविन होला, बहस होला, तर्क होला, वितर्क होला, सबैभन्दा महत्वपूर्ण कुरा त तथ्य हो, त्यसबाट जानु पर्‍यो।’

मन्त्री बाँस्कोटाले बिहीवार नै बेलौरीस्थित नेपाल टेलिकम दूरसञ्चार कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरे। सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले प्रतिबद्धता गरे अनुसार सबै जिल्लामा एक वर्षमै नेपाल टेलिकमको फोर जी परियोजना सुचारु गरिसक्ने बताए। सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले अन्य प्रतिस्पर्धी दूरसञ्चार प्रदायक कम्पनी जस्तै नेपाल टेलिकम पनि प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिँदै त्यसका लागि सक्षम रहेको प्रतिक्रिया दिए।

उनले सेवाग्राहीलाई नेपाल टेलिकमका सेवाहरू सहुलियत दररेटमा प्रदान गर्नेगरी सेवा विस्तार भइरहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .