ad ad

राजनीति


बाँस्कोटासँग साेधपुछ गरी निर्णय गर्ने मूडमा ओली

बाँस्कोटासँग साेधपुछ गरी निर्णय गर्ने मूडमा ओली

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ७:४,

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो प्रकरण सार्वजनिक भएसँगै उनलाई वर्खास्त गर्न दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली बाँस्कोटाको भनाई सुनेपछि त्यसबारे 'कुनै निर्णयमा" पुग्ने भएका छन्।

‘उहाँ काठमार्डौं आउँदै हुनुहुन्छ। पहिले एकपटक उहाँकै (बाँस्कोटा) कुरा सुनौं। उहाँले के बताउनुहुन्छ, हेरौँ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरसँग भने।

सञ्चारमन्त्री बाँस्कोटाले सरकारले स्थापना गर्न लागेको सेक्युरिटी प्रेस खरिद गर्ने कम्पनीका एजेन्टसँग घुस मागेको भन्ने अडियो टेप सार्वजनिक भएलगत्तै त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

दुई अध्यक्षले करिब एकघन्टा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीका सबैभन्दा निकटमध्येका एक मन्त्री बाँस्कोटाले घुस लिएको प्रकरणलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलगायत अन्य दलहरु समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), साझा पार्टी, विवेवशील नेपाली दल लगायतले चर्काएका छन्।

त्यस्तै सामाजिक सञ्जालमा यो प्रकरण भ्रष्टाचारप्रति शुन्य सहनशीलता भन्ने प्रधानमन्त्री ओलीका लागि अग्नि परिक्षा सावित हुने धारणाहरु व्यक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .