ad ad

राजनीति


सेक्युरिटी प्रेस खरिद : लेखा समितिले छानबिन गर्ने, पाठकले 'स्क्रिन शट' देखाएपछि चर्काचर्की

सेक्युरिटी प्रेस खरिद : लेखा समितिले छानबिन गर्ने, पाठकले 'स्क्रिन शट' देखाएपछि चर्काचर्की

दीपक भट्ट
फागुन ८, २०७६ बिहिबार ७:१९,

सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिले छानबिन गर्ने निर्णय गरेको छ। आज भएको समिति बैठकमा उक्त निर्णय भएको हो।

खरिदमा कमिसनलाई लिएर सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटासमेत तानिएपछि समितिले छानबिन उपसमिति गठन गर्ने अपेक्षा गरिएको थियो।

तर उपसमिति भने गठन भएन।

बैठकमा समितिका सदस्य तथा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले बाहिर कमिसनको कुरा आएको बताउँदै यसबारे छलफल आगामी बैठकमा पनि गरिने बताए। उनले भने, ‘हामीले छलफल गरिरहेका छौँ, यस विषयमा आगामी दिनमा पनि बैठक राख्छौँ।’

स्टाटस लेख्ने व्यक्तिलाइ समितिमा बाेलाइने
बैठकमा समिति सदस्य तथा नेकपा सांसद सूर्य पाठकले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्टाटसको स्क्रिन शट नै देखाएका थिए। उनले प्रभात किशोर उपाध्यायको स्टाटसको स्क्रिन शट देखाएपछि बैठकमा केही चर्काचर्की समेत भएको छ।

उक्त स्क्रिन शटमा प्रभात किशोर उपाध्यायले भनेका छन्, ‘७४ करोड हैन, ४ अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्का दिन थालेसि स्विस एजेन्टले क्लिप बाहिर ल्याएको रहेछ, ४ अर्ब भाग परेका लेखा समितिका बाँस्कोटालगायत अन्य माननीयहरु।’

stts

उक्त स्टाटसमा एक दर्जन सांसदको नाम र तस्बिर नै उल्लेख गरी कमिसन खान खोजेको आरोप लगाइएको छ। समितिले उक्त स्टाटसबारे सोही मान्छेलाई समितिमै बोलाएर छलफल गर्ने समेत निर्णय गरेको छ।

समितिले सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिमा आज छलफल गरेको हो। समितिले आज यससम्बन्धी आठवटा बुँदा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थन नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको, विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता देखिएको, सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा थुप्रै अस्पष्टता देखिएकोबारे पनि आजको बैठकमा छलफल भइरहेको छ। त्यस्तै प्रस्तावित कम्पनीको अनुभवमा कमी देखिएको र संकट समाधान, समन्वय र मितव्ययिता अपनाइएको नदेखिएकोबारे छलफल गर्ने कार्यसूची थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .