आज दिउँसो मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
आजको बैठकबाट सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने सम्भावन छ। स्रोतका अनुसार यही वैशाख २५ का लागि सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।
सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ।
6
Shares
प्रतिक्रिया