ad ad

राजनीति


अनसनरत लक्ष्मण थारुको स्वास्थ्यप्रति संवेदनशील हुन आयोगको आग्रह

अनसनरत लक्ष्मण थारुको स्वास्थ्यप्रति संवेदनशील हुन आयोगको आग्रह

नेपालखबर
फागुन ७, २०७६ बुधबार ११:३२,

राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत लक्षमण थारुको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै संवेदनशील हुन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

फागुन १ गतेदेखि अनसन बसेका थारुवान राष्ट्रिय मोर्चाका नेता थारुको स्वास्थ्य अवस्थाबारे आयोगको सुदूरपश्चिमको टोलीले अनुगमन गरेको छ। अनसनका कारण उनको रक्तचाप अस्थिर रहेको, टाउको दुख्ने, कम्मर दुख्ने जस्ता समस्याका कारण सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको आयोगले जनाएको छ।

आयोगले आपसी विमतिका विषयलाई वार्ता र सम्वादका माध्यमबाट हल गर्न आग्रह गर्दै उनको जीवर रक्षाको पहल गर्न पनि सम्बन्धि निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .