ad ad

राजनीति


कार्यकर्तालाई उद्धारमा खटाउँदै रास्वपाको निर्देशन–भड्किलो प्रचारबाजी नगर्नू

कार्यकर्तालाई उद्धारमा खटाउँदै रास्वपाको निर्देशन–भड्किलो प्रचारबाजी नगर्नू

रास्वपाको भर्चुअल बैठक


नेपालखबर
असोज १२, २०८१ शनिबार १८:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले लगातारको वर्षाका कारण आएको बाढी र पहिरो प्रभावितको उद्धारमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। 

रास्वपाको शनिबार दिउँसो बसेको 'भर्चुअल' बैठकमा पार्टी सभापति रवि लामिछानेले पीडितको उद्धारमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए। 

बैठकपछि कार्यकर्तालाई उद्धारमा लाग्दा पोशाक खोजेर नबसी  आफूले जानेसम्मको योगदान पुर्‍याउन निर्देशन दिएको हो। 

आफूले गरिरहेको उद्धारको कामबारे स्थानीय जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रूपमा जानकारी गराउन समेत बैठकले निर्देशन दिएको छ। 

त्यस्तै आफूले गरिरहेको उद्धारको कामबारे सूचना दिने तर भड्किलो प्रचारबाजी नगर्न समेत निर्देशन दिएको छ। उद्धारको नाममा पैसा उठाउने काम पनि नगर्न बैठकले निर्देशन दिएको छ। 

बैठकमा केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश समितिका सदस्य, जिल्ला समितिका सदस्य, 'र्‍यापिड एक्सन टिम (र्‍याट)का सदस्यहरु समेत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .